दफा ४१४
सम्पत्ति हस्तान्तरण गर्न सक्ने

(१) यस संहिता वा प्रचलित कानून बमोजिम करार गर्न असक्षम व्यक्ति बाहेक अन्य जुनसुकै व्यक्तिले यस संहिताको अधीनमा रही आफ्नोहक र स्वामित्वको सम्पत्ति एक वा एकभन्दा बढी व्यक्तिलाई अलग अलग वा संयुक्त रूपमा हस्तान्तरण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको सक्षमता वा असक्षमताको निर्धारण निजले सम्पत्ति हस्तान्तरण गर्दाको बखत निज सक्षम वा असक्षमरहेको आधारमा गरिनेछ ।
(३) उपदफा (१) बमोजिम कसैले आफ्नो हक र स्वामित्वको सम्पत्ति तत्काल वा शेष पछि हक हुने गरी हस्तान्तरण गर्न सक्नेछ।
(४) यस दफा बमोजिम सम्पत्ति हस्तान्तरण गर्दा कानूनको रीत पु¥याई लिखत गर्नु पर्नेछ । तर,
(१) एक लाख रुपैयाँसम्मको नगद वा कुनै चल सम्पत्ति दान वा वकस गर्दा लिखत गर्नु पर्ने छैन ।
(२) चल सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा प्रचलित कानून बमोजिम हुनेछ ।